काठमाडौं । नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले देशमा मानसिक स्वास्थ्य समस्या र आत्महत्याको दर चिन्ताजनक रूपमा बढिरहेको भन्दै तत्कालीन नीतिगत हस्तक्षेप आवश्यक रहेको बताएकी छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाल प्रहरीको तथ्यांक उद्धृत गर्दै गत वर्ष ६ हजार १०२ जनाले आत्महत्या गरेको जानकारी दिइन्। तीमध्ये झण्डै ५ हजार जनाले झुण्डिएर ज्यान दिएको विवरण सार्वजनिक गर्दै उनले मानसिक स्वास्थ्यलाई गम्भीररूपमा लिन सबै पक्षलाई आग्रह गरिन्।

advertisement

सांसद बरालले सामाजिक सञ्जालको अत्यधिक प्रयोग मानसिक समस्याको एक प्रमुख कारक बन्दै गएको उल्लेख गर्दै यसप्रति चेतना फैलाउनुपर्ने बताइन्। “एक अध्ययन अनुसार दैनिक ६ घण्टा भन्दा बढी सामाजिक सञ्जाल चलाउने व्यक्तिमा डिप्रेसन, चिन्ता, एक्लोपन र निद्रा गडबडीजस्ता समस्या देखिन्छ,” उनले भनिन्।

उनले साइबर सेफ्टी सम्बन्धी शिक्षा, सामाजिक सञ्जालको सचेत प्रयोग र मानसिक स्वास्थ्य परामर्श सेवा प्रवर्द्धनका लागि सरकारसँग नीतिगत पहलको माग गरिन्। “अब सामाजिक सञ्जालको प्रयोगलाई स्वास्थ्य सुरक्षाको मापदण्डभित्र ल्याउनुपर्छ,” बरालले जोड दिइन्।

 

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com