काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.७६ अंकले उकालो लागेर २९८२.६४ विन्दुमा पुगेको छ।

सेयर बजारसँगै कारोबार रकममा समेत सुधार देखिएको छ। बिहीबार कुल १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। यस अवधिमा ३ करोड ८९ लाख ६२ हजार कित्ता सेयर*किनबेच भएको नेप्सेले जनाएको छ।

advertisement

बजार बन्द हुँदासम्म १२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ कम्पनीको मूल्य घटेको हो। कुनै पनि कम्पनीको मूल्य स्थिर रहेन। कुल ३२८ कम्पनीको सेयर कारोबारमा आउँदा १ लाख ५४ हजार ६४२ पटक** सेयर किनबेच भएको थियो।

सूचीकृत १३ समूहमध्ये ६ समूहको सूचक बढेको छ भने ७ समूह घटेको छ। सबैभन्दा धेरै हाइड्रोपावर समूहमा वृद्धि देखिएको छ भने सबैभन्दा कम वृद्धि म्युचुअल फन्ड समूहमा भएको छ।

 

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com