काठमाडौं। चितवनमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च ०५१० नम्बरको तरकारी बोक्ने बोलेरोले गएराति टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको बा प्र ०६–००१ प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । जनकपुरबाट काठमाडौँतर्फ आउँदै  गरेको बा प्र ०३–००१ ख ३३६५ नम्बरको रात्रि बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

advertisement

गाडीको ठक्करबाट मोटरसाइकल चालक चितवनको कालिका नगरपालिका २ बस्ने ३५ वर्षीय मुकुन्द कँडेल गम्भीर घाइते भएका थिए । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा राती १ः१९ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक खनालले बताए ।

दुर्घटनामा बोलेरो चालक कास्की लेखनाथ नगरपालिका २७ वस्ने ३० वर्षीय हुमेस लामगाले र सोही बोलेरो धनी कास्की माछापुच्छ्रे गाउँपालिका ३ बस्ने ३४ वर्षीय ध्रुवराज पोखरेल सामान्य घाइते भएका छन्। प्रहरीले चालकसहित बोलेरो र धनीलाई नियन्त्रणमा लिएको जनाएको छ । बसमा सामान्य क्षति भएको छ भने यात्रुहरूलाई गन्तव्यतर्फ पठाइएको छ ।

 

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com