जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन ९, शुक्रबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ।
बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।
जिल्लाका हिसाबले चाहिँ आज ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, रामेछाप, पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, धादिङ, कास्की, गोरखा, लमजुङ, बागलुङ, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रोल्पा, सुर्खेत, दैलेख र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना पनि मध्यम नै छ।
उल्लिखित २६ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिँदै बाढी महाशाखाले सावधानीका लागि चेतावनी जारी गरेको छ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार















प्रतिक्रिया