काठमाडौं । ऊर्जा क्षेत्रका चर्चित व्यक्तित्व कुलमान घिसिङ ‘उज्यालो नेपाल अभियान’ लिएर अमेरिकातर्फ प्रस्थान गरेका छन्। केही समयअघि मात्रै मध्यपूर्व मुलुकहरूको भ्रमण सकेर नेपाल फर्किएका घिसिङ अहिले उक्त अभियानलाई विश्वव्यापी रूपमा विस्तार गर्न पश्चिमी मुलुकहरूको यात्रामा निस्किएका हुन्।

बिहीबार अमेरिका प्रस्थान गरेका घिसिङ १५ दिनसम्म त्यहाँ विभिन्न कार्यक्रम तथा भेटघाटमा सहभागी हुनेछन्। त्यसपछि उनी बेलायत, बेल्जियम लगायतका अन्य युरोपेली राष्ट्रहरूमा समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ। यस क्रममा उनी नेपाली समुदाय, सरोकारवाला संस्था तथा सम्भावित लगानीकर्ताहरूसँग अन्तरक्रिया गर्नेछन्।

advertisement

घिसिङ भदौ १० गते नेपाल फर्कने तय गरिएको छ।

उनको यस भ्रमणलाई आगामी दिनमा सक्रिय राजनीतिमा प्रवेशको तयारीका रूपमा समेत हेरिएको छ। ‘उज्यालो नेपाल’ अभियानमार्फत मुलुकको ऊर्जा विकास, पारदर्शिता र सुशासनको मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा उठाउँदै आएको उनको सक्रियता पछिल्लो समय राजनीतिक चर्चाको केन्द्रमा रहेको छ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com