काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा सञ्चालन गरिएको हस्ताक्षर अभियानमा हालसम्म २७ लाख ५० हजार ६७७ जनाले हस्ताक्षर गरेका छन्। असार ७ गतेदेखि सुरु गरिएको यो अभियान देशका सातवटै प्रदेश, पार्टी केन्द्रीय कार्यालय तथा सामाजिक सञ्जालमार्फत सञ्चालन गरिएको हो।

पार्टीको स्थापना दिवसको अवसर पारेर सुरु गरिएको अभियान ३२ दिनसम्म चलाइएको थियो। यस अवधिमा भौतिक बुथ, ह्वाट्सएप, इमेल लगायतका माध्यम प्रयोग गरिएको रास्वपाले जनाएको छ।

advertisement

प्रदेशअनुसार हस्ताक्षर विवरण: बागमती प्रदेश: ७ लाख १३ हजार ३३१, गण्डकी प्रदेश: ५ लाख १२ हजार ९१४ ,लुम्बिनी प्रदेश: २ लाख ५२ हजार ४३१ , कोशी प्रदेश: २ लाख १३ हजार १०६ , मधेश प्रदेश: १ लाख ४ हजार ३६० , सुदूरपश्चिम प्रदेश: १ लाख १० हजार ५१२ , कर्णाली प्रदेश: ७२ हजार १४२ हस्ताक्षर संकलन भएकाे छ ।

सबैभन्दा धेरै हस्ताक्षर बागमती प्रदेशबाट संकलन भएको छ भने डिजिटल माध्यममा ह्वाट्सएपमार्फत गरिएको समर्थनको संख्या पनि ७ लाख नाघेको छ।

रास्वपाका प्रवक्ता मनिष झाले अभियानका क्रममा हालसम्म ५२ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको जानकारी दिएका छन्। उनका अनुसार, देश तथा विदेशबाट आएको आर्थिक सहयोग अनलाइन प्रणालीमार्फत QR कोड स्क्यान गरेर संकलन गरिएको हो।

“हामीसँग आर्थिक संकलनको एउटै माध्यम छ, त्यो हो अनलाइन। क्यूआर स्क्यान गरेर रकम संकलन हुन्छ,” झाले भने, “तर कुन क्षेत्रबाट कति रकम आएको भन्ने विवरण भने छुट्याइएको छैन।”

रास्वपाले सभापति लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै असार ७ गतेदेखि हस्ताक्षर अभियान सुरु गरेको थियो। पार्टीले लामिछानेको समर्थनमा जनस्तरबाट व्यापक ऐक्यबद्धता देखिएको जनाएको छ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com