काठमाडाैं । धरानका नगरप्रमुख हर्कराज साम्पाङले आउँदो २०८४ सालको निर्वाचनमा आफू र आफ्नो संगठन मुख्य प्रतिस्पर्धी हुने दाबी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत एक टिप्पणी गर्दै उनले भनेका छन्, “८४ मा महाभिडन्त अरु कोहीसँग होइन, हर्क साम्पाङ र उसको संगठनसँगै हुने हो पार्टीहरूको।” उनले विभिन्न दलहरूबीच सम्भावित गठबन्धनप्रति व्यंग्य गर्दै “को को गठबन्धन, गठ्ठबन्धन, गाँठबन्धन, गाँठोबन्धन, गाँडबन्धन जे गरेर आउँदा नि भयो है” भनेर कटाक्ष गरे।
साम्पाङले आफू र आफ्नो संगठन निर्वाचनका लागि तयार रहेको उल्लेख गर्दै लेखेका छन्, “हाम् तयार है।”
उनको यस्तो अभिव्यक्तिलाई आगामी संघीय वा स्थानीय निर्वाचनतर्फ संकेत गर्ने राजनीतिक घोषणाका रूपमा लिइएको छ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया