काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को पार्टी सदस्यता आधिकारिक रूपमा नवीकरण भइसकेको स्पष्ट पार्दै त्यस विषयमा अनावश्यक विवाद नझिक्न आग्रह गरेकी छन्।
शुक्रबार काठमाडौंको बानेश्वरस्थित कार्की ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विगत ४५ वर्षदेखि एमालेसँग राजनीतिक यात्रा अघि बढाउँदै आएको स्मरण गरिन्। “पार्टीप्रतिको मेरो विश्वास, सिद्धान्तमा आस्था र राष्ट्रप्रतिको प्रतिबद्धतासहित मैले सदस्यता नवीकरण गरिसकेको छु। यसलाई विवादको विषय बनाउनु सान्दर्भिक छैन,” भण्डारीले भनिन्।
पूर्वराष्ट्रपति भण्डारीले पार्टीले आफूजस्ता पुराना र निष्ठावान सदस्यलाई नकार्न मिल्दैन भन्ने धारणा पनि राखिन्। “म पार्टीको हिस्सा हुँ, र रहनेछु,” उनले भनिन्, “पार्टी निर्माणमा म जस्तै हजारौं कार्यकर्ताको योगदान रहँदै आएको छ।”
पार्टीका मूल्य, सिद्धान्त र नीति–कार्यक्रमलाई आत्मसात् गर्दै सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै उनले भनिन्, “म विचलित हुने होइन, अझ सशक्त ढंगले पार्टी निर्माणमा लागिरहने छु।”
भण्डारीको उक्त अभिव्यक्तिलाई एमालेभित्र पछिल्ला दिनमा देखिएको सदस्यता विवादका सन्दर्भमा महत्वपूर्ण रूपमा हेरिएको छ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया