काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा)का बहुमत केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठलाई २४ घण्टाभित्र केन्द्रीय समिति बैठक बोलाउन अल्टिमेटम दिएका छन्।

पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको शुक्रबारको बैठकमा सहभागी २१ सदस्यमध्ये १२ जनाले संयुक्तरूपमा अध्यक्ष श्रेष्ठसमक्ष बैठकको माग गरेका हुन्। उनीहरूले पटक–पटक आग्रह गर्दा पनि अध्यक्षले बैठक बोलाउन अस्वीकार गरेको आरोप लगाएका छन्।

advertisement

“आजको मितिले २४ घण्टाभित्र समय र स्थान तोकी केन्द्रीय समितिको बैठक बोलाउनु भएमा सो बैठकमा सहभागी भई निर्णय गरिनेछ। तर यदि तोकिएको समयभित्र बैठक बोलाइएन भने आगामी साउन ११ गते दिउँसो २ बजे काठमाडौंमै बैठक बसेर थप निर्णय लिइनेछ,” संयुक्त निर्णयपत्रमा उल्लेख गरिएको छ।

पार्टीको आन्तरिक निर्णय प्रक्रिया प्रभावकारी बनाउन र संगठनभित्र देखिएको असमझदारी समाधान गर्न तत्काल बैठक आवश्यक भएको बहुमत सदस्यहरूको भनाइ छ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com