काठमाडौं । बागमती प्रदेशका ४ मन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री बहादुर सिंह लामाले ४ मन्त्रीलाई शुक्रबार बेलुका पदमुक्त गरेको पत्र प्रदेश प्रमुखलाई पठाएका छन् ।

मुख्यमन्त्री लामाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन र संस्कृति तथा पर्यटन मन्त्री विमल चन्द्र ठकुरीले राजीनामा दिएका थिए ।

advertisement

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरिरहेका मुख्यमन्त्री लामासँग रुष्ट बनेका उनीहरु पनि कांग्रेसकै हुन् । लामाविरुद्ध बागमती कांग्रेसका २१ प्रदेशसभा सदस्यले शुक्रबार संसदीय दलमा समेत अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

मुख्यमन्त्री लामा नेतृत्वको बागमती प्रदेश सरकारले जनआक्रोश भन्दै अविश्वासको प्रस्ताव दर्ता गरेको उनीहरुको जिकिर छ ।

 

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com