लुम्बिनी । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीलाई नेपालका लागि मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीकको रूपमा चित्रित गरेका छन्। शनिबार विश्व शान्ति विहार र नेपाली बौद्ध समुदायद्वारा आयोजित धार्मिक अभिनन्दन कार्यक्रममा प्रमुख अतिथि रहेका सिंहले लुम्बिनीको संरक्षणमा सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
“लुम्बिनी केवल भौगोलिक स्थल होइन, यो विश्व शान्तिका लागि एक महत्वपूर्ण धार्मिक केन्द्र हो,” सिंहले भने, “बुद्धिजमलाई अघि बढाउन र लुम्बिनीको संरक्षण गर्न सबैको साझा प्रयास आवश्यक छ।”
कार्यक्रममा थाइल्यान्डका सुपोत महास्थवीरलाई नेपाली बौद्ध समुदाय तथा विश्व शान्ति विहारद्वारा धार्मिक अभिनन्दन गरिएको थियो। सिंहले लुम्बिनीको अन्तर्राष्ट्रिय महत्व र बौद्ध दर्शनको शान्तिपूर्ण सन्देशलाई विश्वव्यापी रूपमा फैलाउन राज्य र नागरिक दुवैको भूमिका अपरिहार्य रहेको बताए।

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार













प्रतिक्रिया