ललितपुर । ललितपुर महानगरपालिका–२७, सुनाकोठीमा पत्नीको हत्याको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति ३० वर्षीय मदनबहादुर स्याङतान हुन्।

उनले आफ्नी २० वर्षीया श्रीमती डोल्मा वाइवाको चक्कु प्रहार गरी हत्या गरेको अभियोग लागेकाे छ। शनिबार बिहान घटना भएको सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले मदनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो।

advertisement

प्रहरीका अनुसार आपसी विवादका क्रममा मदनले क्रुद्ध भई चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते डोल्मालाई तत्कालै उपचारका लागि प्रयास गरिए पनि उनको मृत्यु भइसकेको पुष्टि भएको हो।

प्रहरी प्रधान कार्यालयले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। घरेलु हिंसा र आपराधिक मनोवृत्तिका घटनाहरूमा सतर्कता आवश्यक रहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com