काठमाडौं । गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङ्गको आइतबार देवघाटमा अन्तिम संस्कार गरिँदै छ । सालिन र निष्ठावन नेताको पहिचान बनाउनुभएका गुरुङको ७६ वर्षको उमेरमा शनिबार बिहान ८ वजे निधन भएको थियो ।
उहाँको पार्थिव शरिरलाई बिहान १०ः३० बजेसम्म घरमै अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । नेपाली कांग्रेस चितवनका सचिव धुव्रराज पोख्रेलका अनुसार भरतपुर २६ दिब्यनगरस्थित निवासबाट गुरुङको शवयात्रा शुरु भई नारायणगढस्थित नेपाली कांग्रेसको पार्टी कार्यलयमा ल्याइने छ । बिहान ११ बजे पार्टी कार्यालयमा केही समय शवलाई अन्तिम श्रद्धाञ्जलीका रुपमा राखिएपछि पुनः अन्तिम संस्कारका लागि धार्मिक क्षेत्र देवघाट लगिने छ ।
उहाँको पार्थिव शरिरमा देवघाटमा धार्मिक विधि अनुसार ११ः३० बजे अन्त्यष्टी गरिने सचिव पोख्रेलले जानकारी दिए ।
गुरुङको शवलाई अन्तिम श्रद्धाञ्जली र शवयात्रामा सहभागि हुन नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चितवन जाँदै छन् ।
लामो समयदेखि पेटको क्यान्सरबाट बिरामी रहेका गुरुङको भरतपुर महानगरपालिका –२६ दिब्यनगरस्थित घरमै निधन भएको हो ।
गुरुङलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ साउत १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्ति गरेकी थिइन् ।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया