काठमाडौं । केही दिन सीमामा झडप भएपछि कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि सहमत भएका छन्। आइतबार दुवै पक्षका नेताले विज्ञप्ति जारी गर्दै युद्ध विराम भएको घोषणा गरेका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्ध विराम भएको बताए। यसअघि साताको सुरुवातमा नै राष्ट्रपति ट्रम्पले आफूले दुवै पक्षका नेतालाई भेटेर युद्ध विरामको पहल गरेको बताएका थिए।

advertisement

उनले सीमामा झडप जारी रहे युद्धमा सरिक हुने देशलाई व्यापार प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए।

यसै महिनाको सुरुवातमा नै ट्रम्पले १ अगस्टदेखि लागु हुने गरी थाइल्यान्ड र कम्बोडियामा पुग्ने अमेरिकी समानमा ३६ प्रतिशत कर लगाउने चेतावनी दिएका थिए।

आइतबार बिहानै कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले विज्ञप्ति जारी गर्दै आफ्नो देश युद्ध विरामका लागि तयार भएको बताउँदै यसका लागि प्रयास गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका थिए।

उनले यसका लागि आसियनको नेतृत्व गरी रहेका मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पनि प्रयास गरेको बताए।

 

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com