तस्बिर: CAN
काठमाडौं । संसदीय समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति कार्यको अनुगमन गर्ने भएको छ।
रविवार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले सोमबार दिउँसो २ बजे मैदानको अवलोकन गर्ने निर्णय गरेको हो। समितिका सभापति ठाकुरप्रसाद गैरेले उक्त जानकारी दिएका हुन्।
हाल मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानको काम भइरहेको छ। काम ढिलो भएपछि निर्माण कम्पनीलाई हर्जाना तिराएर निर्माण अघि बढाइएको समितिले जनाएको छ।
प्यारापिट निर्माणका लागि बिकेओआई–केसिडिसी–बिजी जेभी र फ्लड लाइट जडानका लागि विशन–ईश्वरी जेभीले गत फागुन १९ र २२ गते संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए। मैदानको स्तरोन्नति कार्य शहरी विकास मन्त्रालय मातहतको सोही कार्यालयमार्फत अगाडि बढाइएको हो।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया