काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै सुरु गरेको हस्ताक्षर अभियानले व्यापक जनसमर्थन बटुलिरहेको छ। असार पहिलो सातादेखि सुरु भएको अभियानमा हालसम्म लाखाैँ नागरिकले हस्ताक्षर गरी समर्थन जनाएका छन्।

सडकदेखि विश्वविद्यालय परिसर, कर्पोरेट कार्यालयहरू हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म विभिन्न स्थानमा अभियान सञ्चालन भइरहेको छ। अभियानलाई अझ बलियो बनाउने क्रममा आइतबार स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि समर्थन जनाएका छन्।

advertisement

सिंह रास्वपाको केन्द्रीय कार्यालय पुगेर स्वेच्छिक रूपमा हस्ताक्षर गर्दै लामिछानेको रिहाइको मागमा ऐक्यबद्धता जनाए।

सहकारी ठगी मुद्दामा थुनामा रहेका रवि लामिछाने भैरहवा कारागारमा छन्। यद्यपि, रास्वपाले लामिछानेको गिरफ्तारी र थुनालाई राजनीतिक प्रतिशोधको रूपमा लिँदै आएको छ। पार्टीको दाबी छ— सरकार नियोजित रूपमा लामिछानेलाई फसाएर बदनाम गर्न खोजिरहेको छ।

रास्वपाले अभियानमार्फत आम नागरिकको आवाजलाई संस्थागत गर्दै लामिछानेको शीघ्र रिहाइका लागि दबाब सृजना गर्ने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com