काठमाडौं । एक किलोको सुनजस्तो देखिने नक्कली धातु देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीमा संलग्न रहेको आरोपमा भक्तपुरबाट दुई युवालाई नियन्त्रणमा लिएको हो।

advertisement

पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएका २८ वर्षीय बुद्धिबहादुर तामाङ र नुवाकोट घर भई भक्तपुरमै बस्ने २२ वर्षीय सुमन तामाङ रहेका छन्।

अनुसार, उनीहरूले सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा दिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठग्ने रणनीति अपनाएका थिए। अहिले बजारमा सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँ रहेको अवस्थामा, यस्तो सस्तो मूल्यमा सुन बिक्री हुने जानकारी दिँदै उनीहरूले विश्वास जित्थे।

उनीहरूले गत फागुन २५ गते ओखलढुंगा स्थायी घर भई सूर्यविनायक बस्ने ढकबहादुर बुढाथोकीलाई बोलाएर नक्कली सुन दिई १२ लाख रुपैयाँ लिएको खुलाइएको छ।

त्यसैगरी, दोलखा घर भई भक्तपुरको राधेराधे बस्ने अर्जुन बस्नेतसँग पनि उस्तै शैलीमा विश्वास जिती ९ लाख ५० हजार रुपैयाँ ठगेका थिए।

उनीहरूको खोजीमा रहेको अपराध अनुसन्धान कार्यालयको भक्तपुर शाखाले अनुसन्धानको क्रममा दुवै जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूबाट चार वटा मोबाइल फोन र एक किलो बराबरको सुनजस्तो देखिने नक्कली धातु पनि बरामद गरेको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ। ठगिएको रकम फिर्ता गर्ने प्रक्रिया र संलग्न अन्य व्यक्तिहरुको खोजीसमेत भइरहेको जनाइएको छ।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com