काठमाडौं  । भुटानको थिम्पुमा आयोजना हुने एएफसी अन्डर–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा  भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिर्सना चौधरीको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो ।

छनोट प्रतियोगितामा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा छ । यस समूहमा उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन्।

समूह ‘ए’का खेलहरू साउन २१ देखि २६ गतेसम्म थिम्पुमा आयोजना हुने छन्।

मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले हालै बंगलादेशमा सम्पन्न साफ अन्डर–२० महिला च्याम्पियनसिप खेल्ने टिममा समावेश लेफ्ट ब्याक झुमा विश्वकर्मालाई बाहिर राख्दै सजिना स्याङतानलाई टिममा सामेल गरेका छन्।

सिंगल राउन्ड रोबिन फर्म्याटको यस प्रतियोगिताका ८ समूह विजेताले २०२६ मा थाइल्यान्डमा हुने एएफसी अन्डर(२० महिला एसियन कपमा स्थान बनाउने छन्।

साथै तीन उत्कृष्ट उपविजेता टोलीले पनि थाइल्यान्डको यात्रा तय गर्नेछन्। नेपालले छनोटको पहिलो खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नेछ। बंगलादेशमा सम्पन्न साफ अन्डर–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली टोली छोटो समयमै अर्को महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा छ।

 

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com