काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना छैठौँ दिनको औपचारिक चीन भ्रमण सम्पन्न गरी आइतबार राति स्वदेश फर्किएकी छन्। साउन ६ गते चीन प्रस्थान गरेकी राना साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं अवतरण गरेकी हुन्।

उपसभामुख राना चीनको हेनान प्रान्तमा साउन ७ गतेदेखि ११ गतेसम्म आयोजित सांघाई सहयोग संगठन (SCO) अन्तर्गतको मिडिया तथा थिङ्क ट्याङ्क शिखर सम्मेलनमा सहभागी भएकी थिइन्।

advertisement

समिटमा उनले “विकासका लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण” विषयमा विचार प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा सहभागी अन्तर्राष्ट्रिय प्रतिनिधिहरूमाझ उनले नेपालको समावेशी लोकतन्त्र, शान्तिपूर्ण कूटनीति र विकासमा केन्द्रित प्रतिबद्धता स्पष्ट रुपमा प्रस्तुत गरेकी थिइन्।

भ्रमणका क्रममा उपसभामुख रानाले हेनान प्रान्तका सरकारी अधिकारीहरूसँग शिष्टाचार भेटघाट गर्नुका साथै झेङझोउ सहर लगायत विभिन्न सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको अवलोकन भ्रमण गरेकी थिइन्।

उक्त भ्रमणले नेपाल–चीनबीचको सम्बन्ध थप सुदृढ हुनुका साथै बहुपक्षीय कूटनीतिक सहभागितालाई सशक्त बनाउने विश्वास गरिएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com