काठमाडौं ।  नेपालका सांसद तथा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई अमेरिकामा आयोजित एक भव्य समारोहमा “ग्लोबल हिरो अवार्ड” प्रदान गरिएको छ। सामाजिक परिवर्तनका लागि लामो समयदेखि सक्रिय शाहीलाई विभिन्न क्षेत्रका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायको उपस्थितिमा सम्मान गरिएको हो।

सम्मानपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले उक्त पुरस्कार कर्णाली र जुम्ली जनताको भरोसा तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको विश्वासको प्रतिफल भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “यो अवार्डको श्रेय म सम्पूर्ण नेपाली जनताप्रति समर्पित गर्छु।”

advertisement

शाहीका अनुसार “ग्लोबल हिरो अवार्ड”ले समाजमा सकारात्मक काम गर्नेहरूलाई हौसला दिने र आपसी एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। उनले कार्यक्रमको व्यवस्थापन, प्रस्तुति र समग्र वातावरणप्रति प्रशंसा गर्दै आयोजक समितिको प्रयासलाई “अथक लगनशीलता र समर्पणले भरिएको” बताएका छन्।

कार्यक्रमको सफल आयोजनाका लागि आयोजक संस्था “हामी ग्लोबल नेपाली”लाई उनले विशेष धन्यवाद दिएका छन्। शाहीले यो अवार्डलाई थप जिम्मेवारीका साथ समाज परिवर्तनका लागि प्रेरणाको रूपमा लिने प्रतिबद्धता पनि जनाएका छन्।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com