एजेन्सी । उत्तर–मध्य नाइजेरियाको नाइगर राज्यमा झन्डै सय जना सवार डुंगा पल्टिएको छ । यस घटनामा १३ जनाको मृत्यु भएको पुस्टी भएको छ भने अरू दर्जनौँ हराइरहेको भन्दै रोयटर्सले समाचार छापेको छ ।

डुंगा चढेर बजार गइरहेको अवस्थामा काठको उक्त डुंगा दुघर्टनामा परेको अधिकारीहरूले बताएका छन् । उद्धारकर्मीहरूले २६ जनाको उद्धार गरेका थिए । यीमध्ये अधिकांश महिला र बालबालिका भएको बताइएको छ । उद्धार हुनेमा डुंगा चालक पनि थिए ।

advertisement

उनले डुंगामा कति जना सवार थिए भनेर पुस्टी गर्न नसकेको बताइएको छ । अहिलेसम्म डुंगा दुघर्टनामा पर्नुको कारण खुल्न नसके भए पनि अत्यधिक भार थेग्न नसकेर डुंगा पल्टिएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com