काठमाडौं ।  बलिउड अभिनेता चंकी पाण्डेले आइतबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। श्रावण महिनाको अवसर पारेर मन्दिरमा पूजा–अर्चना गरेपछि उनले ती क्षणका तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गर्दै आफूलाई “धेरै भाग्यमानी” महसुस भएको उल्लेख गरेका छन्।

“श्रावण महिनामा पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धेरै भाग्यमानी महसुस भयो,” उनले लेखेका छन्।

advertisement

हिन्दु परम्पराअनुसार साउन महिना भगवान शिवको आराधनाको लागि पवित्र महिनाका रूपमा मनाइन्छ। यस समयमा नेपाल र भारतभरका शिवभक्तहरू पशुपतिनाथको दर्शन गर्न आउने गर्छन्।

यता, चंकीको अभिनय रहेको फिल्म सन अफ सरदार २ यहि शुक्रबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउँदैछ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com