काठमाडाैं । प्राकृतिक विपद्‌को उच्च जोखिममा रहेको कर्णाली प्रदेशमा नागरिकको निजी घरमा हुने क्षति र नोक्सानीबाट सुरक्षा दिने उद्देश्यसहित प्रदेश सरकारले पहिलोपटक ‘घर बीमा कार्यक्रम’ सुरु गरेको छ।

आर्थिक वर्ष ०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत सुरु गरिएको उक्त योजना फागुन १३ गते मन्त्रिपरिषद्बाट पारित कार्यविधिअनुसार कार्यान्वयनमा आएको हो।

advertisement

प्रदेश सरकारले २३ स्थानीय तहका १६ हजार ७२ घरधुरीको बीमा गराइसकेको छ। बीमा अन्तर्गत प्रतिघर २० लाख रुपैयाँसम्मको जोखिम सुरक्षा प्रदेश सरकारले व्यहोर्नेछ। भूकम्प, आगलागी, बाढी, पहिरो, चट्याङ लगायत १२ प्रकारका जोखिम बीमा क्षेत्रमा समेटिएका छन्।

हालसम्म ९८ लाख २४ हजार रुपैयाँ खर्च भइसकेकोमा आगामी वर्षका लागि ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

मुख्यमन्त्री यामलाल कँडेलले यो कार्यक्रम कर्णालीका नागरिकका लागि ऐतिहासिक राहत भएको बताउँदै विपद्बाट रुनुपर्ने दिनको अन्त्य भएको उल्लेख गरे। बीमा प्राधिकरणका कर्णाली प्रमुख नीलप्रसाद लामिछानेले कार्यक्रमको निरन्तरता सुनिश्चित गरिने जानकारी दिएका छन्।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com