काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई बेरूजु शून्य बनाउने विधि सिकाइदिन आग्रह गरेका छन्।

सोमबार बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सचिव राईले अख्तियारको बेरूजु शून्य भएको विषयमा चासो प्रकट गर्दै, त्यसको प्रक्रिया सिकेर आफ्नो मन्त्रालयमा पनि लागू गर्न चाहेको बताए।

advertisement

उनले भने, “अख्तियारको बेरूजु शून्य भएको सुनेँ। यदि यो काम गरेरै सम्भव भएको हो भने, म परराष्ट्रका दुई-चार जना कर्मचारी त्यहाँ सिक्न पठाउँछु। तपाईंले सिकाइदिनुस्, हामी पनि सुधार गरौँ।”

राईले यदि अख्तियारमा सार्वजनिक खरिद प्रक्रिया नहुँदा बेरूजु देखिएको होइन भने, तर काम गरेरै शून्य बनाइएको हो भने सबै मन्त्रालयबीच आपसी सिकाइ र अभ्यास साटासाट हुनुपर्ने बताए।

बैठकमा अख्तियारका सचिव दुवाडीले आयोगको बेरूजु शून्य रहेको जानकारी गराउँदै, बेरूजु हुनु भ्रष्टाचारको प्रारम्भिक संकेत भएको स्पष्ट पारे।

परराष्ट्र सचिव राईले भने, विदेशस्थित नेपाली नियोगहरू सञ्चालन गर्दा नियमकानुनको जटिलताले समयमै वित्तीय विवरण बुझाउन कठिन हुने गरेको र त्यसैका कारण बेरूजु बढ्दै गएको बताए।

उनका अनुसार परराष्ट्र मन्त्रालयको हालको बेरूजु करिब ५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। राजस्व संकलन भए पनि समयमै विवरण अद्यावधिक नहुँदा बेरूजु देखिने समस्या रहेको उनले बताए।

सचिव राईले ऐन तथा नियमहरूलाई व्यवहारिक बनाउनुपर्ने आवश्यकता औंल्याउँदै परराष्ट्र मन्त्रालयले बेरूजु न्यूनीकरण गर्न योजना अघि बढाएको जानकारी पनि दिए।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com