काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्र अझै सन्तोषजनक स्थितिमा पुग्न नसकेको बताएका छन्। उनले आम नागरिकका लागि गुणस्तरीय र सहज स्वास्थ्य सेवा सुनिश्चित गर्न राज्यले अझ बढी प्रयास गर्नुपर्नेमा जोड दिए।

वीर अस्पतालको १३६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले हालसम्म केही सुधार भए पनि स्वास्थ्य प्रणालीमा अझै धेरै सुधारको खाँचो रहेको स्पष्ट पारे।

advertisement

“आम नागरिकले सहज ढंगबाट स्वास्थ्य सेवा प्राप्त गर्ने चाहना राखेका छन्। त्यो चाहना पुरा गर्न राज्यले पूर्ण जिम्मेवारी लिनुपर्छ,” मन्त्री पौडेलले भने। उनले वर्तमान अवस्थामा स्वास्थ्य संस्थाहरूको विकास अझै अधुरो रहेको स्वीकार गरे।

उनका अनुसार स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन थप लगानी र योजनाबद्ध कार्य आवश्यक छ। “स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा राज्य पन्छिन मिल्दैन,” उनले स्पष्ट पारे।

मन्त्री पौडेलले अस्पताल सुधारका लागि रणनीतिक योजना आवश्यक रहेको उल्लेख गर्दै मन्त्रालय आवश्यक जनशक्ति उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए।

उनले सार्वजनिक अस्पतालहरूमा गुणस्तरीय सेवा सुनिश्चित गर्दै नागरिकको विश्वास जित्ने खालका सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com