काठमाडौं । रसुवाको गोसाइकुण्डमा स्नान गर्ने क्रममा डुबेर मृत्यु भएका दुई तीर्थयात्रीको शव खराब मौसमका कारण अझै काठमाडौं ल्याउन सकिएको छैन। लगातार वर्षाले हेलिकप्टर उडान र अवतरण दुवै असम्भव भएपछि शवहरू हाल तीर्थयात्रीहरूका लागि बनाइएको पाटीपौवामा राखिएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार सो स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवा र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

advertisement

साउन ११ गते बिहान स्नान गर्ने क्रममा बेपत्ता भएका तीर्थयात्री मोरङ बेलवारी नगरपालिका–११ का २५ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ का २९ वर्षीय सुजन ढकालको शव नेपाली सेनाको श्री श्रीनाथ गणअन्तर्गत चन्दनवारी सुरक्षा पोष्टबाट खटिएको टोलीले साउन १२ गते बिहान झण्डै ११ बजे गोसाइकुण्डबाट बाहिर निकालेको थियो।

हाल दुबै शव सुरक्षित रूपमा राखिएको र मौसम अनुकूल भएपछिमात्र हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी रहेको प्रहरीले जनाएको छ।

गोसाइकुण्डमा प्रत्येक वर्षजनै पूर्णिमाका अवसरमा हजारौं भक्तजन स्नान गर्न जाने गर्छन्। तर, मौसम प्रतिकूल हुँदा उद्धार र सुरक्षाका काममा कठिनाइ हुने गरेको छ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com