काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत नेपालमा सञ्चालनमा रहेको विकास परियोजनाले अब कुनै अवरोधबिना निरन्तरता पाउने भएको छ । नेपाल सरकार र एमसिसीबिच भएको नेपाल कम्प्याक्टलाई निरन्तरताका लागि अमेरिकी सरकारले औपचारिक अनुमति दिएसँगै अब कुनै अवरोधबिना परियोजना सञ्चालन हुने भएको हो ।

अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको अमेरिकास्थित एमसिसी कार्यालयले जनाएको छ । नेपाल सरकारलाई उक्त निर्णयबारे जानकारी दिइएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

advertisement

५० करोड अमेरिकी डलर बराबरको एमसिसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलरको योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्धनमा टेवा पुग्ने विश्वास नेपालस्थित अमेरिकी दूतावासले व्यक्त गरेको छ ।

अर्थ मन्त्रालयले पनि उक्त कुराको पुष्टि गरेको छ । गत जनवरी २० मा अमेरिकी सरकारको कार्यकारी आदेश अनुसार पुनरवलोकनका लागि स्थगन गरिएको थियो । गत शुक्रबार पुनरवलोकन कार्य समाप्त भएको र नेपाल सम्झौताको निरन्तरताका लागि अमेरिकाबाट सिफारिस प्राप्त भएको मन्त्रालयले प्रस्ट पारेको हो ।

 

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com