जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुर स्थायी घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएकी आमाछोरीमाथि सोमबार राति धारिलो हतियारले आक्रमण भएको छ ।

आक्रमणमा परेर १४ वर्षीया अञ्चली यादवको मृत्यु भएको छ भने उनकी आमा ३५ वर्षीया आशा यादव र आशासँगै बस्ने भतिजी राधा यादव घाइते भएका छन् ।

advertisement

धारिलो हतियार (खुकुरी) बोकेर आएको व्यक्तिले राति घरमै आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाले जानकारी दिए ।

उनका अनुसार घटनामा संलग्न आक्रमणकारीको पहिचान भइसकेको छ र आवश्यक अनुसन्धान तथा प्रक्रियात्मक कारबाही अघि बढाइएको छ ।

घाइते दुबैको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न बाँकी भए पनि प्रारम्भिक अनुसन्धानका आधारमा व्यक्तिगत रिसइवीका कारण यस्तो हमला भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com