काठमाडौं ।  डोल्पाको ठूलोभेरी नदीको टापुमा फसेका चार जनालाई मंगलबार बिहान सकुशल उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बिहान पौने ९ बजे ठूलोभेरी नगरपालिका–३ धुपिचौरस्थित टापुमा फसेका उनीहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार गरेको हो।

उद्धार गरिएकामा त्रिपुरासुन्दरी नगरपालिका–६ पालंगका ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्दप्रसाद बोहोरा, ३७ वर्षीय श्यामलाल बोहोरा र ३५ वर्षीय लालकुमार बुढा छन्।

उनीहरू बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका थिए। त्यही क्रममा नदीको बहाव अचानक बढेपछि टापुमा फसेका थिए।

चारै जनालाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com