तस्बिर : निराजन परियार
कैलाली । सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडीहरू एकापसमा ठोक्किँदा कैलालीको लम्कीमा सडक दुर्घटना भएको छ।
मंगलबार चिसापानीमा आयोजना भएको कार्यक्रममा सहभागी हुन जाँदै गरेका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडीहरू लम्की क्षेत्रमा आपसमा ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा से.१ झ ३३० र बा.२ झ १४१९ नम्बरका गाडी संलग्न थिए। ठक्करका कारण बा.२ झ १४१९ नम्बरको गाडीको पछाडि र से.१ झ ३३० नम्बरको गाडीको अगाडिको भागमा क्षति पुगेको छ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया