बैतडी । लगातारको वर्षापछि पहिरो जाँदा अवरुद्ध भएको सडक समयमै नखुलाइएकामा आक्रोशित स्थानीयवासीहरूले पुर्चौंडी नगरपालिका–१० को वडा कार्यालयमा तालाबन्दी गरेका छन्।

विजयपुर–दोगडाकेदार हुँदै जिल्ला सदरमुकाम जोड्ने प्रमुख सडकखण्डको भङाड बस्ती नजिक पहिरो जाँदा छवटा घर प्रत्यक्ष जोखिममा परेपछि स्थानीयले तत्काल पहिरो पन्छाउन माग गर्दै वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

advertisement

स्थानीयका अनुसार पहिरो गएको १३ दिन बितिसक्दासमेत कुनै राहत वा उद्धारको प्रयास नभएको भन्दै स्थानीयवासीहरूले बाध्य भएर ताला लगाएका हुन्।

“सडक अवरुद्ध हुँदा आवतजावत ठप्प छ, घरहरू जोखिममा छन्, तर कसैले चासो देखाएको छैन,” उनले गुनासो गरे।

यसबीच, वडाध्यक्ष हिक्मतबहादुर बिष्टले भने सडक खुलाउने काममा ढिलाइ हुनुको कारण प्राविधिक समस्या भएको बताए।

 

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com