काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजविरुद्ध बलात्कार आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। साउन ४ गते पक्राउ परेका अहिराजमाथि नौ दिनभित्र अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले मंगलबार औपचारिक रूपमा अभियोगपत्र दर्ता गरेको हो।

अहिराजमाथि काठमाडौँको नयाँ बानेश्वरस्थित कोठामा एक युवतीलाई २०८१ जेठ ४ गते बलात्कार गरेको आरोप छ। घटनापछि पीडित युवतीले प्रहरीसमक्ष जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो।

उनमाथि मुलुकी फौजदारी अपराध संहिता, २०७४ अन्तर्गत दफा २१९ को उपदफा २, खण्ड (ङ) बमोजिम मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ। सो प्रावधान अनुसार, १८ वर्ष वा सोभन्दा माथिको उमेरकी महिलालाई बलात्कार गरेमा सात वर्षदेखि १० वर्षसम्मको कैद सजायको व्यवस्था छ।

अहिले मुद्दा अदालतमा पुगेसँगै फौजदारी अभियोजन प्रक्रिया अगाडि बढ्नेछ। पूर्वप्रदेश प्रमुखजस्तो उच्च ओहदामा बसेका व्यक्तिमाथि यस्ता गम्भीर अभियोग लाग्नु राज्यसत्ता र राजनीतिक शुद्धतामाथिको चुनौतीका रूपमा हेरिएको छ।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com