काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनप्रतिनिधिहरूलाई निरन्तर दोषारोपण गर्ने प्रवृत्तिप्रति असन्तोष व्यक्त गरेका छन्।

पार्टीको केन्द्रीय कार्यालय, सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले उद्योग खोल्ने वा व्यापार सञ्चालन गर्ने होइन, तर त्यस्ता गतिविधिलाई सहज बनाउने भूमिका मात्रै निर्वाह गर्ने बताए।

advertisement

उनले उद्योगी, व्यापारीहरूलाई मेहनत गर्न सुझाव दिँदै भने, “काम नगर्ने, तर सबै दोष नेताको टाउकोमा थुपार्ने चलन ठीक होइन।”

सभापति देउवाले नेपाली कांग्रेसको नेतृत्वमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लिएको उदारीकरणको नीतिको स्मरण गर्दै त्यसबेला धेरै आलोचना खेप्नुपरेको उल्लेख गरे। “उदारीकरणको बाटो खोल्दा गाली खाने धेरै, तर देशको आर्थिक जग त्यहीबेलादेखि बलियो भएको हो,” उनले भने।

उनले सरकार सधैं निजी क्षेत्रको सशक्तिकरण र प्रोत्साहनका पक्षमा रहेको स्पष्ट पारे। “सरकार व्यापार गर्न होइन, नीति बनाउन हो। तर निजी क्षेत्रले आफ्नो काम नगरी सारा दोष नेतामाथि थुपार्नु न्यायसंगत होइन,” देउवाको भनाइ थियो।

कार्यक्रमको समापनमा उनले सबै पक्षलाई आ-आफ्नो जिम्मेवारी बुझेको आधारमा अघि बढ्न आग्रह गरे, “दोष देखाउनुभन्दा समाधानतर्फ लागौं, यही हो समृद्धिको मार्ग।”

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com