काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा भइरहेको हरेक समस्याको दोष नेताहरूको टाउकोमा मात्र थुपार्ने प्रवृत्ति अनुचित रहेको बताएका छन्।

मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै देउवाले सरकारको भूमिका नीति निर्माण र समन्वयमा सीमित हुने उल्लेख गर्दै, “व्यापार गर्ने, उद्योग खोल्ने काम सरकारको होइन, तर त्यसका लागि आवश्यक सहयोग सरकार सधैं तयार छ,” भने।

advertisement

उनले उदारीकरणको नीति लागू गर्ने बेला कांग्रेस नेतृत्वले कठोर आलोचना सहनुपरेको पनि स्मरण गरे। “गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा जब उदारीकरणको नीति लिइयो, त्यसबेला धेरै गाली खाइयो,” उनले थपे।

देउवाले व्यवसायी तथा उद्योगीहरूलाई मेहनत गर्नुपर्ने सुझाव दिँदै निष्क्रिय भएर सबै दोष नेताहरूलाई लगाउने प्रवृत्ति तत्काल रोक्न आग्रह गरे।

उनले व्यापार र उद्योग सञ्चालन सरकारको जिम्मेवारी नभए पनि त्यसलाई सघाउने भूमिका सरकारको रहने उल्लेख गरे। “आफ्नो कमजोरी छोप्न नेतामाथि दोष थोपार्ने प्रवृत्तिले देशको विकास अवरुद्ध हुन सक्छ,” देउवाले स्पष्ट पारे।

 

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com