काठमाडौं । काभ्रेपलाञ्चोकमा दुई जनाको बाटोमा चिप्लिएर मृत्यु भएको छ।

नमोबुद्ध नगरपालिका–७ सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर हिजो मृत्यु भएको हो।

advertisement

जिल्ला प्रहरीले कार्यालयका अनुसार घाइते राउतको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।

यस्तै, बेथानचोक गाउँपालिका–५ गोखौलीका ६० वर्षीय सेतेमान भोलनको पनि बाटोमा चिप्लिएर मृत्यु भएको छ।

आज स्थानीय डेरीमा दूध पुर्‍याउन जाने क्रममा लडेर टाउकोमा चोट लागेका उनको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com