काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको पदका लागि मुख्यमन्त्री बहादुर सिंह लामाले पनि औपचारिक रूपमा उम्मेदवारी दिएका छन्।
बुधबार हेटौँडास्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। लामाको उम्मेदवारी तिर्थ लामा र रामकृष्ण चित्रकारले प्रस्ताव गरेका छन् भने कुन्दन राज काफ्ले र रामकुमार पहाडीले समर्थन गरेका छन्।
यसअघि इन्द्र बानियाँले पनि उक्त पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन्। दुवै उम्मेदवारबीच प्रतिस्पर्धा हुने गरी आजै संसदीय दलको नेताको चुनाव हुँदैछ।
मुख्यमन्त्री लामाविरुद्ध हालै अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। सो प्रस्तावमाथिको मतदानका क्रममा बहुमत गुमाएपछि उनको नेतृत्व संकटमा परेको थियो। अब संसदीय दलको नेता चयनसँगै प्रदेश सरकारको नेतृत्वसमेत स्पष्ट हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार












प्रतिक्रिया