काठमाडाैं । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–११ आमचोकमा मंगलबार राति ८० वर्षीय फनिलाल यादवको आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

मृतकका छोरा कपिलदेव यादवका अनुसार अज्ञात समूहले टाउकोमा धारिलो हतियारले प्रहार गरेका थिए। “बुबा बिहान अबेरसम्म नउठेपछि खोज्दा ओछ्यानमै गम्भीर घाइते अवस्थामा भेटिएको थियो,” उनले बताए।

advertisement

गम्भीर घाइते वृद्ध यादवलाई तत्काल लहानस्थित प्रादेशिक अस्पतालमा लगिएको भए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

घटनापछि प्रहरी घटनास्थलमा ढिलो पुगेको भन्दै आक्रोशित स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनगढी बजार क्षेत्रमा टायर बालेर करिब एक घण्टा सडक अवरुद्ध गरेका थिए।

डिएसपी पासवानका अनुसार प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवाद वा पुरानो रिसइबीका आधारमा घटना घटेको आशंका गरिएको छ। “हत्या घटनाको गम्भीरताका साथ अनुसन्धान भइरहेको छ, दोषी पत्ता लागेपछि कडा कानुनी कारबाही अगाडि बढाइनेछ,” उनले स्पष्ट पारे।

प्रहरीले घटनास्थलबाट केही सुराकीहरू संकलन गरेको बताइएको छ। स्थानीयले हत्यामा संलग्न व्यक्तिहरूलाई चाँडै पक्राउ गरी कारबाहीको माग गरेका छन्।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com