मकवानपुर । युवा संगठन वाइसीएल नेपालले ‘श्रम तथा उत्पादनमा वाइसीएल’ अभियान अन्तर्गत मकवानपुरको थाहा नगरमा चिनिमाया नेपालीको नयाँ घर निर्माण कार्य सुरु गरेको छ।
उक्त अभियानअन्तर्गत वाइसीएलका स्थानीय नेता तथा कार्यकर्ताहरूले सामूहिक श्रमदानमार्फत चिनिमायाको घर निर्माणमा हातेमालो गरेका हुन्।
श्रमदानमा सहभागी सबै वाइसीएलहरूलाई आयोजकले समाजप्रतिको प्रतिबद्धताको उदाहरण प्रस्तुत भएको जनाएको छ।
वाइसीएल मकवानपुर र थाहा नगर कमिटीले यस किसिमका सामाजिक कामहरू आगामी दिनमा पनि निरन्तर गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया