काठमाडौं । नेपालले अति कम विकसित राष्ट्र (एलडीसी)बाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न लागेको सन्दर्भमा तयार गरिएको अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत गरिएको छ।

बुधवार बसेको राष्ट्रिय सभा बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ प्रस्तुत गरिन्। समितिले यसअघि तयार पारेको उक्त प्रतिवेदन औपचारिक रूपमा सभामा पेस गरिएको हो।

advertisement

प्रतिवेदन प्रस्तुत गर्दै सभापति पन्तले एलडीसी ग्र्याजुएसनसँगै मुलुकलाई विभिन्न क्षेत्रहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन्।

“यसले नेपालको अन्तर्राष्ट्रिय छवि सुध्रिने, साख र विश्वसनीयता बढ्ने तथा उदीयमान अर्थतन्त्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने अपेक्षा गरिएको छ,” पन्तले भनिन्।

प्रतिवेदनअनुसार एलडीसी ग्र्याजुएसनपछि वैदेशिक लगानीकर्ताको विश्वास बढ्ने, अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा नेपालको प्रभाव विस्तार हुने र पूँजी बजारमा सहज पहुँच स्थापना हुने उल्लेख गरिएको छ। प्रत्यक्ष वैदेशिक लगानी वृद्धि र विविध वित्तीय विकल्पको उपलब्धता समेत यसको सकारात्मक पक्षका रूपमा प्रस्तुत गरिएको छ।

साथै, व्यापार वार्तामा नेपालको स्थिति सुदृढ हुने, स्वदेशी उद्योगहरूलाई प्रतिस्पर्धी बन्न प्रोत्साहन मिल्ने र समग्र अर्थतन्त्रलाई गति दिने समितिको निष्कर्ष छ।

प्रतिवेदनमा नेपालको स्तरोन्नति पश्चात समृद्धिको दिशामा अघि बढ्न नयाँ अवसरहरू खुल्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com