काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा भएको बहसको प्रशंसा गरेका छन्। बुधबार सम्पन्न बैठकमा उनले सदस्यहरूको गहन र विषयकेन्द्रित प्रस्तुतिको उल्लेख गर्दै धन्यवाद व्यक्त गरेका हुन्।

अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको सन्दर्भमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि छलफल भएको थियो। प्रधानमन्त्री ओलीले सो प्रतिवेदनमाथिको छलफलको सम्पूर्ण भाग सुनेपछि रोष्ट्रमबाट बोल्दै राष्ट्रियसभा सदस्यहरूको प्रस्तुतिको खुलेर प्रशंसा गरे।

advertisement

‘आजको छलफल राष्ट्रियसभाको गरिमा अनुरूप भएको छ,’ उनले भने, ‘सुरुमै सभाध्यक्षले जे अपेक्षा गर्नुभएको थियो, त्यसअनुसार नै छलफल अघि बढेको देखिन्छ।’

सभाध्यक्ष नारायण दाहालले सदस्यहरूलाई तीन मिनेटको समय सीमामा विषय केन्द्रित रहेर बोल्न आग्रह गरेका थिए। उक्त आग्रह अनुसार नै बहस अघि बढेको प्रधानमन्त्री ओलीको टिप्पणी थियो।

‘समयसीमाभित्रै कुनै कुरा नछुटाइ प्रस्तुत हुनुभएको छ। सबै वेल प्रिपेयर्ड देखिनुभयो,’ प्रधानमन्त्री ओलीले भने, ‘यो शैली, तरिका र गहिरो छलफलका लागि म धन्यवाद दिन चाहन्छु।’

यसअघि प्रतिवेदन विकास, आर्थिक मामिला तथा सुशासन समितिबाट अध्ययन गरी पेश गरिएको थियो।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com