तस्बिर : ANFA
काठमाडौं । भुटानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बुधबार बिदाइ गरिएको छ।
दशरथ रंगशालामा आयोजित कार्यक्रममा टोलीलाई बिदाइ गरिएको हो। प्रतियोगिता आगामी अगस्ट ६ देखि ११ तारिखसम्म भुटानमा हुनेछ।
मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले यसै साता नेपाली टोलीको घोषणा गरेका थिए। छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ नेपालसँगै दक्षिण कोरिया, भुटान र साउदी अरेबिया पनि छन्।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया