काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज (राजेश झा) ले आफूविरुद्ध बलात्कारको जाहेरी दिने युवतीविरुद्ध आपराधिक लाभ (क्रिमिनल बेनेफिट) सम्बन्धी मुद्दा दायर गरेका छन्।
पीडित युवतीले २०८१ जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरमा आफू बलात्कृत भएको भन्दै जाहेरी दिएकी थिइन्। सो घटनाको अनुसन्धानपछि अहिराजलाई पक्राउ गरिएकै हो।
तर हाल अहिराजले उल्टै ती युवतीले आफूलाई बदनाम गर्ने धम्की दिँदै २० लाख रुपैयाँ मागेको आरोप लगाउँदै मुद्दा दायर गरेका हुन्। काठमाडौं जिल्ला अदालतमा बुधबार (आज) ती युवतीविरुद्ध अहिराजकै जाहेरीका आधारमा मुद्दा दर्ता भएको हो।
घटनाको सत्यतथ्यबारे हाल प्रहरी र अदालत दुवैमा छुट्टाछुट्टै अनुसन्धान अघि बढिरहेको छ।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार












प्रतिक्रिया