हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएपछि इन्द्र बानियाँले दलभित्रको प्रतिस्पर्धालाई लोकतन्त्रको जीवन्तता र सुन्दर अभ्यासको रूपमा व्याख्या गरेका छन्।

मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गरेपछि प्रतिक्रिया दिँदै बानियाँले यो जितलाई व्यक्तिगत विजय होइन, नेतृत्वको जिम्मेवारीमा भएको स्वाभाविक परिवर्तनको रूपमा लिन आग्रह गरे।

advertisement

उनले भने, “लोकतन्त्रमा पार्टीभित्रको प्रतिस्पर्धा र बाह्य संघर्ष स्वाभाविक कुरा हुन्। नेतृत्वको हेरफेर नै लोकतान्त्रिक प्रणालीको विशेषता हो। यसले जनताको विश्वासलाई अझ सुदृढ बनाउँछ।”

बानियाँले लामाले अब दलको नेताको हैसियत गुमाइसकेकाले नैतिक आधारमा पदबाट राजीनामा दिनुपर्ने धारणा राखे। “पार्टीका साथीहरूको निर्णय र जनताको भावना बुझेर उहाँले मार्ग प्रशस्त गर्नु नै लोकतन्त्रप्रति सम्मान हो,” उनले भने, “तर, यदि उहाँले त्यसो नगर्नुभयो भने पनि हाम्रोसँग लोकतान्त्रिक प्रक्रिया छ। त्यसैअनुसार शालीन र संस्थागत ढंगले नेतृत्व हस्तान्तरण हुनेछ।”

उनले संसदीय दलको नेतृत्व परिवर्तनले कांग्रेसभित्र लोकतान्त्रिक अभ्यास जीवन्त रहेको र यसले पार्टीप्रतिको आमविश्वास अझ मजबुत हुने विश्वास व्यक्त गरे। “नेतृत्व फेरिँदा व्यवस्था कमजोर हुँदैन, बरु जनताको भरोसा बलियो बन्छ,” बानियाँले थपे।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com