काठमाडौं । राजधानी काठमाडौंको गोंगबु क्षेत्रमा एक जना बंगाली नागरिकको हत्या भएको छ ।

५५ वर्षीय सुब्रत पालको हत्या अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी कुलदिप चन्दका अनुसार हत्या आरोपमा ४२ वर्षीय श्याम कालिकोटे पक्राउ परेका हुन् ।

advertisement

उनीहरू एउटै घरमा बस्दै आएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घटना मध्यराततिर भएको अनुमान गरिएको छ । हत्या गरेपछि कालिकोटे फरार भएका थिए भने उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीको संयुक्त टोलीले उनलाई गोंगबुबाटै पक्राउ गरेको हो ।

मृतक पाल सुनको कारोबारमा संलग्न रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनसेवा प्रहरी वृत्तले जनाएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com