एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि एक अगस्तदेखि २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसमार्फत भारतले उच्च कर र गैर–आर्थिक व्यापार अवरोधहरू लगाएको, रूसबाट अधिकांश सैन्य उपकरण र ऊर्जा खरिद गरेको भन्दै यो निर्णय लिएको बताएका छन्।
ट्रम्पले लेखेका छन्, ‘भारत हाम्रो मित्र हो, तर उनीहरूको कर विश्वमै सबैभन्दा उच्च छ र व्यापार अवरोधहरू जटिल छन्। साथै, उनीहरूले रूसबाट ठूलो मात्रामा हतियार र ऊर्जा खरिद गर्छन्, जुन युक्रेन युद्ध रोक्न चाहने विश्वको चाहनाविपरीत छ।’
अमेरिका र भारत लामो समयदेखि व्यापार सम्झौताका लागि वार्ता गरिरहेका छन्। उनले पटक पटक भारतसँग सम्झौताको नजिक रहेको दाबी पनि गर्दै आएका थिए।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया