काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाउने प्रस्ताव पारित गरेको छ।

बुधबार बसेको नाउपाको राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो। नाउपाका एक नेताका अनुसार भेलाले बहुमतले प्रस्ताव पारित गरेको हो। अहिले कार्यवाहक अध्यक्ष कसलाई बनाउने भन्नेबारे छलफल जारी रहेको जानकारी उनले अन्नपूर्ण पोस्टलाई दिएका छन्।

advertisement

यसअघि रञ्जिता श्रेष्ठले आफू निकट मानिएका वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी थिइन्। तर घुस प्रकरणमा उनको नाम मुछिएपछि उनले पार्टी अध्यक्ष पदबाट राजीनामा दिएकी थिइन्।

नाउपाभित्र पछिल्लो समय नेतृत्व परिवर्तनको बहस तीव्र बन्दै गएको थियो। राष्ट्रिय भेलाले अब नयाँ नेतृत्व चयनतर्फ प्रक्रिया अघि बढाउने तयारी गरेको जनाइएको छ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com