काठमाडौं । इंग्ल्यान्डले भारतसँग बिहीबार ओभलमा पाँचौ टेस्ट खेल्दैछ। यो टेस्टमा इंग्ल्यान्डले कप्तान बेन स्टोक्सलाई गुमाउने भएको छ। स्टोक्सको पाखुराको चोट बल्झिएपछि उनी मैदान बाहिर रहने भएका हुन्।

स्टोक्सको अनुपस्थितमा ओली पोपले टोलीको नेतृत्व गर्ने छन्। ज्योकोब बेथेल, गुस एटकिन्सन, जेमी ओभरटन र जोस टेंगुले यस टेस्टमा मौका पाउने छन्। जोफ्रा आर्चर र ब्रायडन कर्ष तथा लियाम डाउसनलाई पनि यस टेस्टमा आराम दिइएको छ।

advertisement

मुख्य प्रशिक्षक ब्रेन्डन म्याककुलुम र टिम चिकित्सकसँग सल्लाह गरेपछि स्टोक्स खेल्ने निर्णय सहित ओभल पुगेका हुन्। त्यहाँ पुगेपछि उनले दुखाइको महसुस गरेपछि मैदान बाहिर रहने निर्णय लिएका हुन्। उनी २१ नोभेम्बरमा सुरु हुने अस्ट्रेलियासँगको पहिलो एसेससम्म ठिक भइसक्ने अनुमान गरिएको छ। म्यानचेस्टरमा भएको चौथो टेस्टको अन्तिम दिन पनि स्टोक्सले ११ ओभर मात्र बलिङ गरेका थिए। यस अघि भारतीय टीमका बलर जसप्रित बुमराहले पनि नखेल्ने सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com