काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहीबार बालुवाटारमा भेटवार्ता हुन लागेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई शीर्ष नेताबीचको भेटवार्ता बिहान ११ः३० बजेका लागि तय गरिएको हो।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्। सरकार गठनको एक वर्षपछि पहिलो पटक मन्त्रीहरू हेरफेरको गृहकार्य सुरू भएको छ। यसै सन्दर्भमा देउवासँग राजनीतिक सहमति र सल्लाहका लागि छलफल गर्न लागिएको स्रोतले जनाएको छ।
दुई दलबीचको सत्ता सहकार्यका आधारमा सरकार सञ्चालन भइरहेको सन्दर्भमा मन्त्रिपरिषद्मा हुने सम्भावित परिवर्तनका विषयमा देउवाको धारणा लिने र सहमति कायम गर्ने उद्देश्य रहेको बताइएको छ।
यसअघि पनि प्रधानमन्त्री ओली र देउवाबीच ठूला राजनीतिक निर्णयहरूअघि नियमित रूपमा भेटवार्ता हुँदै आएको छ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया