काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताएका छन्। साउन १५ को अवसरमा राजधानीमा आयोजित सातौँ राष्ट्रिय खिर खाने दिवस समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई विविध संस्कृति, चाडपर्व, भेषभूषा र भाषाले सजिएको अनुपम राष्ट्रको रूपमा उल्लेख गरे।

उनले नेपाली समाजको खानपान र पोशाक केवल परम्परासँग मात्र नभई विज्ञान र जीवनशैलीसँग समेत गहिरो सम्बन्ध रहेको प्रस्ट पारे। “असार १५ मा दही चिउरा खाएर बलियो हुने परम्परा छ भने, साउन १५ मा खिर खाई शरीरलाई सन्तुलनमा ल्याउने चलन छ। यी पर्वहरू केवल परम्परा होइनन्, स्वस्थ जीवनशैलीसँग जोडिएका छन्,” मन्त्री पाण्डेले भने।

advertisement

उनले यस्ता मौलिक परम्पराहरूले नेपाली सांस्कृतिक पहिचानलाई सुदृढ बनाउने र नयाँ पुस्तालाई संस्कृति सँगै जीवनशैलीको शिक्षासमेत दिने बताए। कार्यक्रममार्फत उनले यस्ता पर्वहरूको प्रचार–प्रसारमा जोड दिँदै तिनीहरूलाई जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी रहेको धारणा व्यक्त गरे।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com