काठमाडौं  ।  नेकपा (एकीकृत समाजवादी) मा औपचारिक प्रवेशसँगै वरिष्ठ नेता वामदेव गौतमले आफूले जीवनभर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्। पार्टी एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले आफूलाई अहिले पनि सय वर्ष बाँच्छुजस्तो ऊर्जा महसुस भएको बताएका हुन्।

“म आन्दोलनबाट आएको नेता हुँ, समाजवादको सपना देखेर आएको हुँ,” उनले भने, “म चार वर्षअघि नेकपा एकताको बेला सहभागी हुन पाएको भए, समाजवादको बाटो अहिले धेरै टाढा पुगिसक्थ्यो। किनभने म लागेपछि हुन्छ।”

advertisement

गौतमले विगतमा एमाले र माओवादीबीच भएको एकता आफूलाई अत्यन्त खुशी बनाएको तर त्यसको विघटनले दुःखी तुल्याएको उल्लेख गरे। अब भने उनले पुनः बिखरावमा गएको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने प्रयत्न जारी राख्ने स्पष्ट पारे ।

“म एक्लै कहिल्यै सफल भइनँ। त्यसैले आज म नेकपा एकता राष्ट्रिय अभियानको ७५ सदस्यीय केन्द्रीय समिति र सहकर्मीहरूको समर्थनसाथ आएको छु,” गौतमले बताए ।

उनले सबै कम्युनिष्ट शक्तिहरूलाई साझा उद्देश्य र दृष्टिकोणसहित अघि बढ्न आह्वान गर्दै एकताबद्ध प्रयासमै देशको समृद्धि र समाजवादको सम्भावना रहेको धारणा राखे ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com